जनताले खाइ नखाई बीमा गरेको पैसा जुवामा उडाउँदै एलआईसी नेपालका मालिक अग्रवाल

मंगलबार, २० जेष्ठ २०७७

काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका मालिक अशोक अग्रवालसहित ९ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन । जनताले दुःख सुख जम्मा गरेको रकमले जुवा खेलेको भन्दै सामाजिक संजालमा उनको चर्को आलोजना भएको छ ।

लकडाउनको मौकामा कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका अशोक अग्रवालसहित रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ, सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् । विशाल ग्रुपले भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई नेपालमा भित्र्याएको हो । अग्रवाल उक्त कम्पनीका संचालक हुन ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।