जुवाडे अशोक अग्रवाल फक्राउ परेपछि अर्थमन्त्री खतिवडाको पोल खुल्यो
काठमाडौं – अर्थमन्त्री युबराज खतिवडा अहिले निकै विवादित बनेका छन । संसदमा पेश गरेको आर्थिक बर्ष २०७७/७८ को बजेको विषयलाई लिएर मन्त्री खडिवडाको निकै आलोचना भएको छ ।
कृर्षि मन्त्रालयले पठाएका कार्यक्रमहरु बजेटमा समावेश नभएको, निजी विद्यालयलाई सरकारी विद्यालय व्यवस्थापनको जिम्मा दिने, एमसीसी बजेटमा घुसाईएको, सयौँ विद्युतीय सवारी साधनलाई बजेट आउन भन्दा अघिल्लो दिन भन्सारबाट छुटाएको, विद्युतीय गाडिमा भन्सार बढाएको लगायतका विषयमा आलोचना भइरहेको छ । यसैवेला अर्थमन्त्रीका विश्वास पात्र अशोक कुमार अग्रवाल जुवाको खालबाट रङ्गेहात पक्राउ परेपछि थप रहस्य खुलेको छ ।
अर्थमन्त्रीले बजेटमा कितावको मुल्यमा भन्सार बढाएका छन भने करमा पनि बृद्धि गरेका छन । विदेशबाट आयात गरिने सबै वस्तुमा राजश्व बढाएका अर्थमन्त्रीले चकलेटमा भन्सार घटाएका छन । चकलेटमा उनी जुवाडे अशोक अग्रवालको सिण्डिकेट छ ।
नेपालमा चकलेट आयातमा एकाधिकार जमाएका व्यापारी अशोक अग्रवालसँगको दोस्तीले राजश्व घटाउन काम गरेको अर्थमन्त्रालय निकट श्रोतको भनाई छ । विवादित छबी भएका अग्रवाल हिजो मात्रै कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए । उनीसँग अरु व्यापारीहरु पनि पक्राउ परेका छन् ।
अशोक अग्रवाल डा. युवराज खतिवडाको बिशेष मान्छेका रुपमा परिचित रहेका छन् । आफ्ना मित्रलाई आर्थिक लाभ होस भनी अर्थमन्त्रीले बजेटमै चकलेटमा राजश्व घटाएको भन्दै व्यवसायीहरुले अर्थमन्त्रीको आलोचना गरिरहेका छन ।
अग्रवाल र मन्त्री इतरका मान्छेहरुले दिएको सूचनाका आधार प्रहरीले पक्राउ गरेपछि आफ्नो बचाउ गर्नका लागि अर्थमन्त्री खतिवडा उनीहरुलाई छुटाउन लागि परेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।