Motivate News

देशको साझा पोशाक नहुनु र जातीय रुपमा दौरासुरुवालटोपीलाई जोडिनु दु:खद (फोटोफिचर)

असोज १४, काठमाडाैं – औपचारिक राष्ट्रिय पोशाक आजको आवश्यकता विषयक अन्तरक्रिया काठमाण्डौमा सम्पन्न भएको छ ।राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले आयोजना गरेको कार्यक्रममा नेकपाका साँसद मेटमणी चौधरी,युवा संघका अध्यक्ष रमेश पौडेल,नेपाली कांग्रेसकी नेतृ कमला पन्त,नेविसंघका सभापति नैनसिंह महर तथा पूर्व साँसद लालवावु यादवले पार्टिको तर्फवाट प्रतिनिधित्व गरेका थिए ।

विगत २०७० सालदेखी नै नेपालको औपचारिक राष्ट्रिय पोशाक घोषणा हुनुपर्ने तथा पौष १७ गते लाई राष्ट्रिय पोशाक दिवसको स्थापना गर्नुपर्ने साथै देशलाई प्रतिनिधित्व गर्ने राज्यको विशिष्ट व्यक्तित्व तथा प्रतिनिधिले बैदेशिक यात्रामा अनिवार्य औपचारिक पोशाक लगाउनुपर्ने मागसहित महाअभियानले निरन्तर सरकारलाई दवाव दिईरहेको अभियानका केन्द्रिय संयोजक राजानन्द माण्डव्यले जानकारी दिए ।

कार्यक्रममा उपस्थित वक्ताहरुले देशको साझा पोशाक नहुनु र जातिय रुपमा दौरासुरुवाललाई जोडिनु दुखद रहेको बताएका छन । युवा संघका अध्यक्ष पौडेलका अनुसार यो दुईतिहाई सरकारले पनि पोशाक घोषणा गर्न नसके ईतिहासमै पुन औपचारिक पोशाक घोषणा नहुने हुदाँ सरकारले अविलम्व औपचारिक पोशाक राख्नुपर्ने माग गरे ।

 

नेविसंघका सभापति नैनसिंह महरका अनुसार आवश्यक परे देशभरका युवालाई सडकमा उतार्दै यस सरकारलाई दवाव सिर्जना गरि तत्काल पोशाक घोषणा गर्न सरकारलार्इ ध्यानाकर्षण गराए ।
देशको पहिचान झण्डा मात्र हैन देशको प्रतिनिधित्व पोशाकले पनि गर्छ । नेपालको झण्डा जस्तै जनावर,पक्षी फुल रंग राष्ट्रिय रहन सक्ने तर संसारले चिन्ने दौरासुरुवाल र टोपी,गुन्यूचोलिलाई औपचारिक पोशाक रहन किन नसक्ने भन्ने विषयमा अभियानले ध्यानाकर्षण गराएको छ ।

पूर्व राज्यमन्त्री कमला पन्तले संविधानमा पोशाक राख्न नसक्नु हाम्रो दुखद कमजोरी रहेको र चाहदा चाहदै पनि पोशाक समेट्न नसकेकोमा दुख व्यक्त गरे । माननिय चौधरीले तत्काल औपचारिक पोशाक राख्न संसदमा आवाज उठाउने तथा अधिल्लो संसदमा दौरासुरुवाल गुन्युचोलिलाई राष्ट्रिय औपचारिक पोशाकको माग गरेका सांसद लालवाबु यादवले दौरासुरुवाल त परापूर्व कालदेखी नै मधेसीले लगाउदै आएको र अहिले जातियताको आधारमा अटाउदा सम्पूर्ण पहिचानप्रमीलाई अन्याय भएको गुनासो गरे ।

अभियानले हालसम्म २२ जिल्लामा कार्यक्रम गर्दै आएको छ भने सो कार्यक्रममा जिल्ला संयोजकलाई सम्मान गरेको थियो । अभियानले अव तल्काल प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र सरकार यसको पक्षमा नगए तत्काल सडक आन्दोलनमा उत्रने समेत जानकारी दिएको अभियानका संयोजक राजानन्द माण्डव्यले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्