Motivate News

युवा गीतकार नेपालको कर्के नजर म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । युवा गीतकार वासुदेव नेपालको शब्द, चर्चित गायिका मेलिना राई र गायक जोसेफ शाही ठकुरीको आवाज रहेको कर्के नजर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक–पप संयोजनको शैलीमा बनेको यस म्यूजिक भिडियोलाई हाईलईट्स नेपालले बजारमा ल्याएको हो ।

गीतमा चर्चित संगीतकार कोशिस क्षेत्रीको संगीत रहेको छ । पछिल्लो पुस्ताका प्रतिनिधि संगीतकार उनले काले दाई, कान्छी मट्याङ–ट्याङ जस्ता गीतमा संगीत भरेका थिए । गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीत कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको हो भने उज्वल स्रेयन महतले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ भने सृष्टि खड्का र सुवास तिमल्सिनाको अत्यन्तै आकर्षक अभिनय रहेको छ । कर्के नजरको भिडियो निर्देशन निशान घिमिरेले गरेका हुन् भने भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् ।
पछिल्लो पुस्ताका बहुमुखी प्रतिभाका धनी वासुदेव नेपालले यसअघि पनि उत्कृष्ट गीत रचना गरेका थिए । गीत संगीतमा आफ्नो विशेष रुचि भएकाले कामको सिलसिलामा देश बाहिर बस्नुपरेता पनि नेपाल आएको बेलामा आफु नेपाली संगीतको श्रीवृद्धिमा लागि रहने नेपालले बताए ।

प्रतिकृया दिनुहोस्