Motivate News

बहु प्रतिभाका धनी तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको मन छुने गीत ‘परदेशमा’… (भिडियोसहित)

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एबम तरुण दलका महासचिव भुपेन्द्र जंग शाही राजनीति मात्र नभयर साहित्य र संगीतमा पनि त्यतिनै सक्रिय छन। उनको भर्खरै आयको ‘परदेशमा’ भन्ने गीत लिएर बजारमा आएका छन् ।

नेपाली राजनीतिमा नेपाली कांग्रेसका सस्थापक नेता बिपि कोइराला राजनितीज्ञ मात्र नभयर सफल साहित्यकार पनि थिए।बिपि कोइरालाका दर्जनौ पुस्तकहरु प्रकाशित भएका छन। पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने सस्कृती बिस्तारै हराउदै जान थालेको छ। कांग्रेसमा बिपिको चेलाको रुपामा आफुलाइ साहित्य संगीतको क्षेत्रमा कलम चलाउने थोरै नेताहरु मध्य प्रदिप गिरि, नरहरी आचर्य, बलदेब मजगैया, बिश्वप्रकाश शर्मा र भुपेन्द्र जंग शाही लगायत छन।

नेपाल तरुण दलका महासचिव शाहीले बिपि कोइरालाको बाटो पछ्याउँदै आफ्नै रचनामा सबैको मन छुने सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ भने संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् ।

म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

शाहीका यसअघि पनि गीतहरु रेकर्ड भईसकेका छन् । उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ । उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्