Motivate News

शक्तिशाली भूकम्प र सुनामीका कारण मर्नेको संख्या १२ सय नाघ्यो

इन्डोनेसिया – शक्तिशाली भूकम्प तथा त्यसले निम्ताएको घातक सुनामीका कारण इण्डोनेसियामा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ। मंगलबार राष्ट्रिय विपद् निकायले मृतकको संख्या हजारभन्दा बढी पुगेको जानकारी दिएको हो।सो निकायले बाँचेका तथा मृत मानिसहरुको खोजीलाई निरन्तर जारी राखेको जनाएको छ। संयौ घाइतेको यतिबेला उपचार भइरहेको छ।

इण्डोनेसियाली सरकारले सोमबार मृतकहरु ४ सय ४४ जनाको सामुहिक चिहानमा अन्त्यष्टि गरेका थिए। विभिन्न रोगहरुबाट बच्न सामुहिक चिहानमा शवलाई पुरेको अधिकारीहरुले बताएका छन्।

गत शुक्रबार गएको ७ दशमलब ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले घातक सुनामी निम्ताएको थियो। सुलेवासी टापुमा रहेका डोङ्गाला र पालुलाइ भूकम्पलेनै क्षति पु¥याइसकोको थियो।

तर करिब २० फिटको सुनामी उर्लिएपछि डोङ्गाला र पालु पूर्ण रुपमा डुबानमा प¥यो। घर, विद्यालय, पुल, लगायतका संरचना भत्किएर ध्वस्त भएका छन्।

भवनमुनी मानिसहरु अझै जिउँदै हनुसक्नेभन्दै प्रहरी तथा उद्धारकर्ताले उनीरुको खोजी गरिरहेको छ। डोङ्गाला र पालुका मानवबस्ती यतिबेला बगरमा परिणत भएका छन्।

प्रतिकृया दिनुहोस्