Motivate News

बौनियाँ जेसिजको सप्ताह ब्यापी कार्यक्रम सुरु (फोटो सहित)

असोज १६ बौनिया – कैलालीको बौनियामा रहेको बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।
सप्ताहको पहिलो दिन नेतृत्व बिकास तथा जिबन शैली सम्बन्धि तालिम को आयोजना गरि सम्पन्न भएको छ ।

बौनिया जेसिजका वर्ष २०१८ का अध्यक्ष जनक बिष्ट को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम चौधरी रह्नु भएको थियो । भने विशिष्ट अतिथी नेपाल जेसिजका वर्ष २०१८का रास्ट्रिय उपाध्यक्ष बिजय गुरुङ रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले जेसीजले नेतृत्व प्रदान गर्ने भएकाले सवैलाई लाग्न आग्रह गर्नुभयो । लागु पदार्थ तथा दुव्र्यसनिमा युवा तथा बालबालीका कुलत तर्फ लागी रहेका छन त्यसलाई निराकरण गर्न गाउ, टोलमा जनचेतना मुलक कार्यक्रम गरे बौनिया जेसीजलाई गाउपालिकाले सहयोग गर्ने बताए ।

यस्तै विशिष्ट अतिथिको आसान बाट बोल्दै नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष बिजय गुरुङले जेसीजले अवसर प्रदान गर्ने बताए । गुरुङले बौनिया जेसीजलाई धन्यबाद दिदै जेसीजले व्यक्तिको क्षमता विकास गर्ने बताए । साथै उनले भने नेतृत्व विकास गर्न जेसीजले मार्गका रुपमा काम गर्ने बताए । साथै उनले आफनो जिवन शैली,नेतृत्व विकास बढाउन र चम्किनका लागी सम्पुर्ण युवाहरुलाई जेसीजमा लाग्न आग्रह गर्नुभयो ।

बौनिया जेसिज का कार्याकारणी उपाध्यक्ष धिरज शाहिको स्वगात मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा न ५ का अध्यक्ष श्याम कुमारी चौधरी,बौनिया जेसिजका सस्थापक अध्यक्ष लिला जंग शाही,टिकापुर जेसिजका अध्यक्ष लाल केश जैशी ,असाहयका लागी सहयोगी हात नेपाल सहारा घरका अध्यक्ष बल बहादुर बिष्ट ,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । बौनिया जेसिजका महासचिव दिनेश भण्डारी ले संचालन गरेको कार्याक्रममा नेपाल जेसिजका प्रशिक्षक रमेश अर्यालले नेतृत्व र जिवन शैली सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।

यसै गरि सप्ताह कार्यक्रम अन्तर्गत आज भएको पहिलो दिनको जिबन शैली र नेतृत्व बिकास को सयोजक धिरज शाहिको अध्यक्षतामा भएको समापन कार्यक्रममा लम्की जेसिजका अध्यक्ष राम बहादुर बोगटी ,लम्की लेडि जेसिजका अध्यक्ष देबकी कार्की,फुलबारी जेशिजका अध्यक्ष बिर सिंह महरा,घोडाघोडी बहुमुखी क्याम्पस स्वबियु सभापति जिबन बिसि ,सहभागिका तर्फबाट देवानन्द जोशी,र बिद्या न्यौपाने लगाएतकाले शुभकामना राखेका थिए

प्रतिकृया दिनुहोस्