Motivate News

एउटै गाडी चड्ने सपनाले बनायो सयौ गाडीको मालिक

काठमाडौँ – जीवन संघर्ष हो । संघर्षमय जीवनका पाईलाहरू निकै कष्ठमय हुन्छन् । जिन्दगी उकाली ओराली, झञ्ज्याङ चौतारीको मिलन विन्दु हो । जीवनमा धेरै उतार चढावहरूको समना गर्नु पर्ने हुन्छ । जिवनमा सफल हुनलाई धेरै संघर्ष गर्नुपर्छ । अझ कसैकसैले त सपना नै संघर्ष गर्ने खालको देख्छन् । र त्यो सपनालाई पछ्याउछन् ।

Ramesh 1

तर कसैले सपना दखेर पछ्याउँदा पनि सफल हुदैनन् । सपना एउटा हुन्छ तर परिस्थितिले अर्कै तिर पु¥याइ दिन्छ । त्यस्तै भएको छ व्यवसायी रमेश कोईराला लाई । अध्ययन गर्दा गर्दा साँगीतिक क्षेत्रमा लागेका कोईराला धेरै समय टिक्न सकेनन् । एउटा कला केन्द्र खोलेरे सांगीतीक क्षेत्रमा जम्न खोज्दै गर्दा आर्थीक अभाव प¥यो र उनले यो क्षेत्रमा आफ्नो भविष्य देख्न सकेनन् ।

साथीको लहलहैमा सांगीतीक क्षेत्रमा होमीएका उनी जम्न नसक्दा, तरकारी तथा फलफुल व्यवसाय सुरु गर्न थाले । तरकारी तथा फलफुल व्यवसाय उनको राम्रै चल्यो । सोचेभन्दा राम्रो आम्दानी दियो पसलले । राम्रो चले पछि व्यवसायलाई विस्तार गर्ने सोच बनाए र सफल भए पनि ।

काठमाडौँ सँगैको छिमेकी जिल्ला धादिङमा जन्मेर हुर्केका कोइराला होटल व्यवसायीको संगतगर्न थाले । त्यही संगतले उनलाई अहिले यो स्थानसम्म पु¥याएको छ । भनिन्छ संगत गुणाको फल, कस्तो संग गरिन्छ आफू पनी त्यस्तै भईन्छ । कोईरालाले राम्रोसँग सङ्गत गरे र राम्रो बने ।

उनको सङ्गतको पहिलो फाईदा लिए, त्यो थियो, ठूला ठूला होटलमा तरकारी तथा फलफुल पु¥याइदिने । धेरै ओटा होटलमा फलफुल तथा तरकारी पु¥याउनु पर्ने भयो । त्यहाँ पनि कमाई राम्रो भयो तर सबै ठाँउमा पु¥याउन नसकिने देखे पछि उनले एउटा उपाय लगाए । त्यो थियो गाडी किनेर समान पठाउने । जब उनले गाडी किने अनी उनका सफलताका दिनहरू सुरु भए ।

त्यति बेला गाडी कित्रु उनको रहर थियो तर त्यो रहरमा आएर बाध्यता जोडियो । सानैदखि गाडी चढ्ने सोख भएका कोइराला होटलमा समान पुर्याउन मोटर साईकलले धेरै ओहोर दोहोर गर्नुपर्ने र सबैठाँउमा पु¥याउन नसकिने भएकाले उनले गाडी किनेका हुन् । संसारमा सन्तुष्ट कोही पनि हँुदैन । कोईरालालाई पनि त्यस्तै भयो ।

धादिङमा स्कुल पढ्दा एक घन्टाको पैदल हिडेर स्कुल पुग्ने उनि, अलि अलि कमाए पछि गाडी फेरेर हिड्न थाले । त्यो गाडी फेर्दा फेर्दा उनलाई आनन्द आउन थाल्यो । नयाँ गाडी पनि चढ्न पाईने, केही समय पछि गाढी बेच्दा फाईदा पनि हुने भएपछि उनले पेसा नै परिवर्तन गर्ने सोच गरे ।

होटलमा ठेका गर्दा हुने कमाई भन्दा बढी गाडीबेच्दा हुनथाले पछि उनले होटलमा फलफुल पु¥याउने काम छोडे र गाडी बेच्न तिर लागे । मानिसले हिड्न पर्छ, हिडीरहनु पर्छ, आफ्ना कदमहरूलाई रोक्न हुत्र, आफ्नो उद्देश्यलाई विर्सिन हुत्र, बाटो मोडिन सक्छ तर सपना मोडिन हुत्र । कोईरालाई पनि त्यस्तै भयो बाटोहरू मोडीय तर कदम रोकिएन, काम फेरियो तर उद्देश्य फेरिएन, बाटो मोडियो तर सपना उनको उस्तै छ ।

उनि सानो छँदा साईकलमा स्कूल जाँदा सम्झिन्थे म कहिले गाडीमा चढौँला । सानोमा देखेको सपना युवा अवस्थामै पुरागरेर देखाएका छन् कोईरालाले । मानिसलाई सपनाले नै सफल बनाउँछ । उनले यदी यो सपना नदेखेको भए आजउनी गाडी चढ्ने थिएनन् । अहिले धेरै ओटा गाढीको मालिक भएका छन् । सपना ठूलो देख्नुपर्छ । तपाई पनि ठूलो सपना देख्नुहोस र त्यो सपनालाई पछ्याउनुहोस ।

तारा झार्ने सपना देख्नुहोस । तारा झार्न लाग्नुहुन्छ । तारा झरोस या नझरोस तर तपाईको हातले हिलो छुने छैन । त्यसैले सपना ठूलो देख्नुहोस र त्यसलाई पछ्याउनुहोस । तपाईको सपना पुरा होला नहोला तर तपाई असफल हुनुहुन्न ।

प्रतिकृया दिनुहोस्

चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने रामेछाप कांग्रेसका उम्मेदवार कान्छारामको घोषणा

मंसिर ७,रामेछाप – रामेछापका  प्रतिनिधि सभाका उम्मेदवार  पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अाफुले चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने बताएका छन्  । जिल्लाका विभिन्न ठाउमा भएकाे चुनावी  सभालाई सम्बाेधन गर्दा उनले सरकारले जति तलव भत्ता दिन्छ तेती अाफ्नाे कमाई...

कांग्रेसले गठबन्धन अझै कस्ने

मंसिर ७, काठमाडौं- वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे...

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने

  मंसिर ७, काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि चुनावको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट...

सुरक्षामा खेलाँची

मंसिर ७, काठमाडौं – पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चर क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी(सचिव)प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहिन छ ।आजको नागरिकमा खबर छापिएको छ । सुर्खेतस्थित...