Motivate News

Breaking : आइडिपिको पक्षमा सर्वोच्चको फैसला, इक्यान हार्यो

काठमाडौँ – सर्वोच्च अदालतले शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी रहेको आइडिपिलाई संचालन गर्न नदिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

शिक्षा मन्त्रालयलाई विपक्षी बनाई आईडिपिले हालेको मुद्धामा सर्वोच्च अदालतका न्यायधिशद्धय बमकुमार श्रेष्ठ र हरिकृष्ण कार्कीको संयूक्त इजलासले शिक्षा मन्त्रालयले आइडिपि संचालन गर्न नदिन गरेको निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चको फैसला संगै शैक्षिक परामर्शको क्षेत्रमा बैदेशिक लगानीले प्रवेश पाएको छ ।

सर्वोच्चमा भएको बहसमा आडिपिका तर्फबाट अधिवक्ता शम्भु थापा, शार्दुल थापा, हरि फुँयाल र तुलसी भट्टले बहस गरेका थिए भने विपक्षीको तर्फबाट टिकाराम भट्टराई, रमेश बराल, ज्योति वानियाँ र सतिश खरेलले बहस गरेका थिए ।

आइडिपिलाई रोक्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ठुलै कसरत गरेको थियो । आइडिपिको जित र इक्यानको हारले शैक्षिक परामर्शको क्षेत्रमा ठुलै तरंग पैदा गरेको छ ।

प्रतिकृया दिनुहोस्