Motivate News

उपत्यकामा प्रहरी घुसकाण्ड बढ्दो, बौद्धका डिएसपी श्याम राई घुस रकमसहित पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको टोलीले एक लाख भन्दा धेरै घुससहित उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्