Motivate News

सिके राउत रौतहटको गौरबाट पक्राउ

असोज २१, काठमाडौं –  स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। एसएसपी थापाले भने,’ रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन्। भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए।

प्रतिकृया दिनुहोस्