Motivate News

पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव संसदमा हुन अत्यावश्यक भएकाले मैले राजीनामा दिएको हुँ : सांसद रामवीर मानन्धर

असोज २३, काठमाडौं – नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। काठमाडौंको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले राजीनामा दिइसकेको र सो पार्टीले स्वीकृत गर्ने बताए।

पत्रकार सम्मेलनमा  मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुन अत्यावश्यक रहेकाले आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिएको  बताएका छन्  ।

उनले वामदेव निर्वाचित भएपछि काठमाडौं ७ मा विकास हुने प्रष्ट पारे। उनले वामदेवको इतिहास हेर्नसमेत आग्रह गरे।

‘राजीनामापछि विकास निर्माणको निश्चित हुन्छ। वामदेवको इतिहास हेर्नुहोस्। धेरै ठाउँमा हारेको मात्र कुरा नगरौँ जितेको कुरा पनि गरौँ’, उनले भने, ‘मलाई कसैले प्रस्ताव गरेको होइन। मैले आफैँ प्रस्ताव गरेको हुँ।’

उनले निर्वाचन क्षेत्र छोड्न कुनै लेनदेन नभएको समेत प्रष्ट पारे। ‘पार्टीका लागि योगदान गरेको हुँ’, पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केही लेनदेन छैन।’

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।

पार्टीले निर्णय गरे जे पनि हुने भन्दै उनले थपे, ‘पार्टीले राष्ट्रियसभा सदस्य वा मन्त्री पनि बनाउन सक्छ। प्रधानमन्त्री त नबनाउला।’

गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका थिए। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए। प्रचण्ड अध्यक्ष भएकाले यस विषयमा छलफल भएको मानन्धरले स्वीकार गरेका छन्।

प्रतिकृया दिनुहोस्