Motivate News

प्रशन्नाले कसलाई ‘फूलमा देख्छु’ भन्दैछिन् (हेर्नुस् भिडियो)

काठमाडौं – चर्चित गायिका प्रशन्ना पाण्डेको नयाँ सांगीतिक कोशेली सार्वजनिक गरिएको छ । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनको गीत सार्वजनिक गरिएको हो ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक स्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूलमा देख्छु तिमि नै, जुनमा देख्छु तिमि नै’ बोलको गीत ल्याएकी हुन् ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने देबेन्द्र नेवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्