Motivate News

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

असोज २४, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बुधबार बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो ।

उनकाअनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ ।

सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस्