Motivate News

निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाई आज हेरेर टोलाएँ’ सार्वजनिक

काठमाडौं – निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाइ आज हेरेर टोलाएँ’ काठमाडौंमा भव्य समारोह बिच सार्वजनिक गरिएको छ ।

गजलकार राजेन्द्र घिमिरे सगरको रचनालाई उनकै सुपुत्र निश्चल घिमिरेले स्वर र संगीत दिएका हुन् । उक्त समारोहमा राजेन्द्र घिमिरेकै सुपुत्री रबिना घिमिरे जिज्ञाशुूले १० वटा गजल बाचन गरेर आगन्तुक सवैलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

काठमाडौको सामाखुसी स्थित क्वालिटी फुड क्याफेमा भएको उक्त औपचारिक कार्यक्रमको सभापतित्व नित्य कुमारी पन्तले गर्नु भएको थियो भने अतिथिहरु मा राम बहादुर पहाडी ,शितल कादम्बिनी ,कौशिला रिसाल ,जेठा बैरागी ,मनोज उपाध्याय ,टिकाराम पोखरेल ,मणिराम भुसाल , बिष्णुबाबु देवकोटा, देवेन्द्र अर्याल , बादल घिमिरे पुर्षोतम रसुवा , महादेव अधिकारी ,गायिका चन्द्रा मरासिनी जुना लगायत रहेका थिए  ।

उक्त कार्यक्रममा उपस्थित सष्टाहरुले समेत गजल वाचन गर्नु भएको थियो कार्यक्रममा दर्शकको तालीको गड्गडाहटले सोभायमान देखिएको थियो । कार्यक्रम को आयोजना चमेरो म्युजिक र आत्रय च्यानलले गरेको गजलकार राजेन्द्र घिमीरेले बताए । कार्यक्रम संचालन देवेन्द्र अर्याल आशुूले गरेका थिए ।

गजलकार राजेन्द्र अर्यालको परिवारमा रहेको साहित्य प्रतिको अभिरुचीको आगन्तुक सवैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसरी एउटै मञ्चमा एकै परिवारका सवै सदस्यहरु कमै देखिन्छन,त्यो पनि एकसे एक ।

कार्यक्रममा रबिनाको गजल माथी गजलकार द्वय राम बहादुर पहाडी र शितल कादम्बिनीले समिक्षा गर्नु भएको थियो। साथै विभिन्न बक्ता हरुले गायक निश्चल घिमिरेको गायन कलको खुलेर प्रशन्सा गरे ।

गायक निश्चल घिमिरे भने अध्ययनको शिलशिलामा मुलुक बाहिर भएकाले उपस्थित भएका थिएनन् । उक्त गजलको म्यूजिक भिडियो केही दिनमै युट्युवमा आउने कुरा रचनाकार राजेन्द्र घिमीरेले बताए  ।

प्रतिकृया दिनुहोस्