Motivate News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गाडीभाडा वृद्धि तत्काल फिर्ता गर्न संसदीय उपसमितिको निर्देशन

असोज २५, काठमाडौं- संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले पछिल्लाे पटक गरिएको ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गाडीभाडा वृद्धि तत्काल फिर्ता गर्न सरकारलाइ आग्रह गरेको छ। समितिद्धारा चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य वस्तुको बजारमूल्य नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले यस्तो ठहर गरेको हो।

समितिका सदस्य सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको छ। उपसमितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई समितिबाट जारी हुनुपर्ने निर्देशनमा भनेको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बस भाडा वृद्धि असान्दर्भिक रहेकाले तत्काल फिर्ता लिई जनताको सुलभ यात्राका लागि सरकारी तवरबाट व्यवस्था गर्ने नीति तय गर्न तत्काल गृहकार्य गर्नुपर्नेछ।’

उपसमितिले वृद्धि भएको सार्वजनिक सवारीको भाडा लागू भए/नभएको प्रभावकारी अनुगमन गरी तोकिएको भन्दा बढी भाडा असुल गर्नेलाई कारबाही गर्न पनि सुझाएको छ।

चाडपर्वको समयमा कालोबजारी, सवारीको टिकट वितरणमा धाँधली हुन नदिन केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोगमा हेल्प डेक्स संख्या वृद्धि गरी प्रभावकारी बनाउने निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ।

प्रतिकृया दिनुहोस्