Motivate News

नेपाली सेनाले विखण्डनवादी तत्वहरुको क्रियाकलापलाई सूक्ष्म रुपमा हेरिरहेको छ : प्रधान सेनापति थापा

असोज २५, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानविरोधी र विखण्डनवादी तत्वहरुले नेपालमा गरिरहेको क्रियाकलापलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियालीरहेको बताएका छन् ।

बिहीबार सैनिक जंगी अड्डामा पत्रकार सम्मेलन गरेर उनले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको बताए । प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिकाको समेत उल्लेख गरे ।

थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनहरुको पालना गर्ने दायित्वबाट विचलित नहुने पनि स्पष्ट पारे। उनले नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन पनि आफू सचेत रहेको पनि बताए।

प्रधानसेनापति थापाले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको पनि जानकारी दिए।

प्रतिकृया दिनुहोस्