Motivate News

दशैंमा मदिरा पिउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गरे फाइदैफाइदा ?

काठमाडौं – चाडपर्वमा नेपाली बजारमा मदिरा अत्याधिक खपत हुन्छ । मिठो मसिनो खानेकुराको साथमा मदिराको पनि साथ खोज्न थालिएको छ । उपभोक्ताको यहि रुचिलाई ध्यानमा राखेर स्वदेशी तथा विदेशी मदिरा कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याउँछन् । त्यसो त विश्वभरका थरीथरीका मदिरा नेपालमा पनि पाइन्छ ।

हाम्रो समाजमा रक्सीप्रति नकारात्मक धारण छ । तर रक्सी आफैंमा नराम्रो चिज होइन । यसलाइ खाने तरिका चाहि गलत भईरहेको हुन्छ । मान्छेहरुको रक्सी भेट्नसाथ जुनसुकै अवस्थामा पनि स्वाट्टै पार्ने वानी हुन्छ । यसले रक्सीको असली मज्जा लिन पाइदैन । रक्सी भनेको हरेक चुस्किमा स्वाद लिदै पिउनुपर्ने पदार्थ हो ।

हाम्रो जिव्रोले अनेक किसिमको स्वाद अनुभूत गर्छ । त्यसैले रक्सीको स्वाद जिव्रोमा पर्नुपर्छ । अनि मुखमा हल्का खेलाएर निल्नुपर्छ । हरेक रक्सीको आ–आफ्नै विशेषता हुन्छ । कुन समयमा, कति मात्रामा, के सँग कसरी पिउने हो भन्ने कुरा जान्नुपर्छ ।

साधरणतय बेलुकीको खाना अघि स्न्याक्ससँग रक्सी पिउनु राम्रो हुन्छ । हल्का मधुरो उज्यालो होस् । अनि त्यहाँ मीठो धुन बजिरहेको होस् । त्यस्तो वातावरणमा रक्सी पिउनुको विशेष मज्जा छ । स्न्याक्सको रुपमा सवैभन्दा वेष्ट चाहि मासु हो । सलादसँग पनि खान सकिन्छ । खाली पेटमा पिउनुहुदैन । खाली पेटले आफैं अल्कोहल उत्पादन गरिरहेको हुन्छ । त्यसमा हामीले थप्यौ भने नकारात्मक असर पुग्छ ।

रमाइलोका लागि रक्सी पिउने चलन विश्वभरी नै छ । हामीले पनि रमाइलो गर्न नै पिउने हो । यसरी पिउन बस्दा मन मिल्ने साथी वा आफ्नो परिवार हुनुपर्छ । समाजमा रक्सीलाई अल्कोहोलिक वेभरेजको रुपमा लिइन्छ । वाइनलाई चाहि सोसियल ड्रिंक भन्ने गरिएको छ । वाइनमा अल्कोहलको मात्रा हुने भएपनि यसलाई अलि फरक कोटीमा राख्ने गरिएको छ । विभिन्न भेराइटीको रक्सी उपलब्ध छ । जस्तै वाइन, हिव्स्की, रम, ब्रान्डी, टकिला, बियर स्कच आदि ।

–रक्सीलाई अल्कोहलको प्रतिशतका आधारमा तीन भागमा बाँडिएको छ–वियर, वाइन, स्प्रिट ।

–वियर पनि अल्कोहल प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ–साधरण वियर (३ प्रतिशत अल्कोहल मात्रा), कडा वियर (५.५ प्रतिशत) र अत्याधिक कडा खाले वियर (७ प्रतिशत) ।

–वाइन दुई प्रकारको हुन्छः टेबुल वाइन (अल्कोहलको मात्रा ८ देखि १० प्रतिशत), फोर्टिफाइड वाइन (अल्कोहलको मात्रा १३ देखि १६ प्रतिशत)

–स्प्रिट अन्र्तगत हिव्स्की, जीन, भोड्का, व्रान्डि पर्छ । यसमा अल्कोहलको मात्रा ३२ प्रतिशत वा शोभन्दा अलिकति माथि हुन्छ ।

–पुरुषहरुले एक हप्तामा २१ युनिट र महिलाहरुले १४ युनिट रक्सी पिउन सक्छ ।

–खानेकुरासँग रक्सी पिईयो भने लामो समयसम्म आनन्दको अनुभव गर्न सकिन्छ ।

–एक ग्राम अल्कोहलले सात किलो क्यालोरी शक्ति प्रदान गर्छ ।

–भनिन्छ पाँच युनिटभन्दा कम रक्सी सेवन प्रतिदिन ग¥यो भने यसले मुटुलाई रक्षा गर्छ ।

प्रतिकृया दिनुहोस्