Motivate News

फोटोमा हेर्नुहोस राष्ट्रपतिसँग टिका ग्रहण गर्ने भीआईपीहरु

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गरिन् ।

राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए ।

राष्ट्रपतिले आफ्ना माता मिथिला पाण्डेबाट पनि टीका–जमरा र दक्षिणा ग्रहण गरिन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् ।

राष्ट्रपति भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन र उनकी धर्मपत्नी, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी, सभामुख कृष्णबहादुर महरा र उनकी धर्मपत्नी, रक्षामन्त्री ईश्वर पोखरेल र उनकी धर्मपत्नी र अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत टिका लगाईदिएकी छिन् ।

त्यस्तै उनले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवका सथै अरु भीभीआईपी र सर्वासाधरण समेतलाई टीका–जमरा लगाइदिइन् ।

प्रतिकृया दिनुहोस्