Motivate News

सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने

कार्तिक ९, काठमाडौँ – सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो ।

त्यसमा सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरणलगायतका योजनालाई दीर्घकालीन लक्ष्यका साथ अगाडि बढाउने र प्रभावकारी सिँचाइ सुविधा उपलब्ध गराइनेछ । सोही कार्यक्रमसँगै सतह सिँचाइतर्फ २५ हजार ७४५ हेक्टर, भूमिगततर्फ एक लाख २२ हजार १०० हेक्टर गरी कुल एक लाख ६० हजार ४९५ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा र्पुयाउने सरकारको कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्