Motivate News

अपडेट

    महिला गीतकार संघद्वारा साहित्यकार खत्री सहित तीनजना महिला सम्मानित

    काठमाडौं –  साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । सोही अबसरमा अरु दुई महिला पनि सम्मानित भएका छन् ।

    महिला गीतकार संघ नेपालले राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले सम्मान गरेका थिए ।

    कार्यक्रम आयोजक महिला गीतकार संघ नेपालले प्रमुख अतिथि भद्राकुमारी घले र विशिष्ट अतिथि राधेश्याम लेकालीलाई पनि सम्मान गरेको थियो । प्रमुख अतिथि घलेले नेपाली साहित्यमा महिलाहरुको क्रियाशिलता देखेर आफू प्रफुल्ल रहेको बताइन् ।
    सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष समेत रहेकी सम्मानित खत्रीले ‘महिला गीतकार सम्मान’ प्राप्त भएपछि आफूमा अझै बढी जिम्मेवारी थपिएको महशुस गरेको उल्लेख गरिन् ।
    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु गोपीकृष्ण प्रसाई, लक्ष्मी उप्रेती, गुञ्जनका पूर्वअध्यक्ष गीता केशरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्