Motivate News

पिपिएल : पारसको टिम चितवन राइनोजको लगातार दोस्रो जित, काठमाडौँ रोयल्स १३ रनले पराजित

कार्तिक १५, पोखरा – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित दर्ता गरेको छ ।

लगातार दुई खेलमा हारेको पारस खड्का कप्तानीको चितवनले बिहीबार भएको खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ रोयल्सलाई १३ रनले हराएको हो । यसअघि बुधबार भएको खेलमा पनि चिवतन विजयी भएको थियो ।

बिहीबारको खेलमा चितवनले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायो । उसका लागि गौरव तोमरले ३९, कप्तान मल्लले ३० तथा पवन सराफले २८ रन बनाए । चितवनका करण केसीले तीन विकेट लिए ।

पहिले ब्याटङ्ग गरेको चितवनले पाँच विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि हरिशंकर साहको अर्धशतक बनाए । उनले ४९ बलमा ६० रन बनाएका हुन् । कप्तान पारस खड्काले १४ बलमा एक छक्काको सहयोगले १४ रन बनाए ।

प्रतिकृया दिनुहोस्