Motivate News

३० वर्षे सेवाहदका कारण प्रहरीका दर्जनौं अधिकृतको अवकाश 

१४ एसएसपी , १२ एसपी र ३७  डीएसपीको पद रिक्त

 

कार्तिक १५, काठमाडौँ – नेपाल प्रहरीका दुई दर्जन भन्दा धेरै सिनियर अधिकृतले अवकाश पाएका छन्। ३० वर्षे सेवाहदका कारण प्रहरी उपरीक्षक एसपीहरु राजुबाबु श्रेष्ठ, तुलसी प्रसाद अधिकारी, राजेन्द्रकुमार थापा क्षेत्री, बिपिनकुमार कर्माचार्य, प्रतापकुमार गुरुङले अवकाश पाएका छन्।

त्यस्तै २६ डीएसपी, १९ इन्स्पेक्टर अवकाश पाएका छन् ।

डिएसपीहरु श्यामप्रसाद पौडेल, भुपेन्द्र कुमार कार्की, दिलिपराज झा, कृष्णबहादुर राजभण्डारी, सिताराम चापागाईं, सुर्यकुमार श्रेष्ठ, तिलबहादुर कुवर,सुरेन्द्र सिटौला, बिष्णुवर सिंह थापा, धनबहादुर श्रेष्ठ, सानुबाबु बराल, मोहिनी भण्डारी, गणेशबहादुर चन्द, रामचन्द्र पौडेल,यमनाथ अधिकारी, चिन्तामणी बुढाथोकी, दिवाकर घिमिरे, रमेश बस्नेत, मेघराज अधिकारी, बिश्वराज सिंह थापा,शशिधर अधिकारी, रेशमबहादुर श्रेष्ठ, गिरिधारी शर्मा लगायतले अवकाश पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अवकाशपछि नेपाल प्रहरीमा  १४ एसएसपी , १२ एसपी र ३७  डीएसपीको पद  रिक्त रहेको छ ।

प्रतिकृया दिनुहोस्