Motivate News

१६ देशका ४४ प्रहरी अधिकृत सहभागी आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण सम्पन्न (फोटोफिचर)

कार्तिक १६, काठमाडौँ – INTERPOL अन्तर्गतको परियोजना Project SCORPIUS द्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्धन क्षमता बढाउनका लागि आतंकवाद नियन्त्रण र कानुन कार्यान्वयनको क्षमता अभिवृद्धिमा सहयोग बढाउने उदेश्य अन्तर्गत INTERPOL को आयोजना तथा नेपाल प्रहरीको सह-आयोजनामा संचालित Post Blast Training Scenario को मिति २०७५ कार्तिक १६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा यसै प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् धिरु बस्न्यातज्यूको प्रमुख आतिथ्यमा एक समारोहको बीच सम्पन्न भएको छ  ।

उक्त समापन समारोहमा प्रमुख अतिथिज्यूबाट सहभागी १६ देशका ४४ प्रहरी अधिकृतहरु तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र बितरण, नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै समापन मन्तब्य समेत ब्यक्त गरे  ।

कार्तिक १२ देखी ऐ. १६ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रीय प्रहरी बिशेष कार्यदल, कपनमा ५ कार्यदिन अवधिको उक्त प्रशिक्षण कार्यक्रममा USA, Australia, Mexico, Philippines, Indonesia, Canada, Maldives, UK, Bangladesh, Malaysia, Pakistan, Sri Lanka, Netherlands, East Timor, Egypt तथा Nepal गरि कुल १६ देशका ४४ प्रहरी अधिकृतहरु, तथा प्रशिक्षक वर्गहरु सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस्