Motivate News

यस्तो छ आज कात्तिक १८ गते आइतबारको राशिफल

कार्तिक १८, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल कात्तिक १८ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वादशी, २४:५४ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरफाल्गुनी, २२:०२ बजेउप्रान्त हस्त। योग– वैधृति, २५:५९ बजेउप्रान्त विष्कम्भ। करण– कौलव, १३:४९ बजेदेखि तैतिल, २४:५४ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी २७ पला। वैष्णवहरूको रमा एकादशी व्रत। सर्वार्थसिद्धि योग (अहोरात्र)। गोवत्स द्वादशी। त्रिपुष्कर योग २२:०२ बजे समाप्ति।

मेष– रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ होला, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

वृष– आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

मिथुन– कामहरु सजिलै संग बन्ने छन । टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला, नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

कर्कट– शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला, व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।

सिंह– काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन, ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।

कन्या– काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ, खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

तुला– नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला, कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

वृश्चिक– पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला, घरपरिवारमा केही मनमुटाव पनि होला ।

धनु– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ, नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।

मकर– नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ, खुसीको खबर प्राप्त हुनेछ, चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

कुम्भ– अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको योग रहेको छ, व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।

मीन– व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ, समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।

18 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:19 देखि10:19 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

18 गते राहु काल बेलुका 3:51 देखि 05:13 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

18 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

18 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

18 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
काठमाडाैं

प्रतिकृया दिनुहोस्