Motivate News

पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री पौडेललाई दिए कडा चुनौती

कार्तिक १८, काठमाडौं – तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ । पदमुक्त गरिएपछि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् ।

राजनीति गर्ने मान्छेलाई पद पाउनु र पद गुमाउनु ठूलो कुरा नभएको भन्दै मन्त्री स्थापितले पार्टी र प्रदेश सभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरी मन्त्री पदबाट स्थापितलार्इ हटाएका थिए ।

प्रतिपक्षी दलहरुले भने मन्त्रीहरुबीचको झगडाले जनतामा निरासा थपिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सत्तापक्ष भित्रको झगडाले प्रदेश नै बिघटन गराउने हो कि भनेर आशंका व्यक्त गरिन् ।

प्रदेश सरकारलाई चाहिने ९९ वटा कानून पाँच वर्षमा पनि बन्ला जस्तो छैन’, उनले भनिन् । मन्त्री स्थापितले सिन्को भाँच्ने समेत काम नगरी कुरा मात्रै गरेको बताउँदै उनले मुख्यमन्त्री पौडेलले पनि खासै काम नगरेको आरोप लगाईन् । ‘अरु पार्टीमा त्यस्तो घटना भएको भए उनीहरुले आगो बाल्ने थिए,’ उनले भनिन्, ‘उहाँहरुको कुर्सी भागवण्डा पुर्याउने खेल शुरु भयो, तर हामी सरकारले देश र जनताको हीतमा महत्वपूर्ण काम गरोस् भन्ने चाहन्छौ।’ शुरु देखि नै दुई मन्त्रीबीच कुरा नमिलेको बताउँदै ‘मिटु अभियान’ का कारण स्थापितलाई पदमुक्त गर्न मुख्यमन्त्री पौडेललाई सहज भएको उनको भनाई छ ।

प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच टकराव शुरु भएको थियो । मन्त्री पदको सपथ लगत्तै केही जिल्लाको कार्यक्रममा हेटौंडाबाट चाँडै राजधानी सार्ने बताए पछि उनको मुख्यमन्त्री पौडेलसँग दुरी बढ्न शुरु भएको थियो ।

मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृह जिल्लाको हेटौडालाई नै स्थायी राजधानी तोक्नु पर्नेमा दृढ थिए । तर स्थापितले काभ्रे तिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए । बिज्ञहरु काठमाडौंमै बस्ने भएकाले विकासबारे छलफल गर्न नपाएको भन्दै स्थापितले पटकपटक गुनासो गर्दै भन्थे, ‘मुख्यमन्त्रीले यही मन्त्रालय (हेटौंडा) मै मात्र बसेर काम गर्नु भन्नु हुन्छ ।’ त्यसैले उनी हेटौंडामा लोखर्के गनेर समय कटाउनु परेको भन्दै चर्चामा आएका थिए ।
नागरिकबाट

प्रतिकृया दिनुहोस्