Motivate News

मधुवनमा १५ कविले सुनाए कविता

काठमाडौँ –  तिहार तथा छठ पर्वको अवसरमा मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य शृङ्खला सम्पन्न गरेको छ। शृङ्खलामा चार पुस्ताका आफ्ना रचना वाचन गरेका थिए ।

चौँथो पुस्ताका कवि निर्भीकजङ्ग रायमाझीको रूखमुनिको छायाँ शीर्षक कविताबाट शुरु गरिएको कवितावाचन पछि अमृता स्मृतिले रिपोर्टरको जिन्दगी सुनाइन् ।

 

देवकी अभिलाषिले ‘वनमान्छे’ प्रस्तुत गरिन् भने बलात्कारका अनेक शृङ्खलाका कारण देशमा व्याप्त हिंसाजन्य घटनाको विम्बमा महेश क्षितिजले वर्तमान र वादलको देश शीर्षक कविता प्रस्तुत गर्दा तेस्रो पुस्ताका कवि रामगोपाल आशुतोषले एक्लो उपत्यका शीर्षक कवितामा उपत्यकामा व्याप्त सामाजिक, आर्थिक र साँस्कृतिक विकृतिको फेहरिस्त नवीन शैलीमा प्रस्तुत गरे ।

तेस्रो पुस्ताका कवि नवराज लमसाल, फुलमान बल, चन्द्रवीर तुम्बापो, भगवती बस्नेत, ठाकुर वेलवासे मणि लोहनी, शितल कादम्बिनी, डा. विप्लव ढकाल, मोमिला जोशी, दोस्रो पुस्ताका कवि उषा शेरचन र विष्णुविभू घिमिरे र पहिलो पुस्ताका कवि मन्जु काँचुलीले आफ्ना कविता प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष जीवन खत्रीले कार्यक्रममा संस्थाको भावी योजना सुनाउँदै आगामी ५ वर्षमा १० लाख अक्षयकोष स्थापना गरि साहित्यिक पुरस्कार दिने र अन्य गतिविधि पनि गर्दै जाने कुरा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्