Motivate News

आज कात्तिक १९ गते सोमबारको राशिफल र पञ्चाङ्ग

 

कार्तिक १९, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल कात्तिक १९ गते। सोमबार। इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– त्रयोदशी, २३:२० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– हस्त, २१:०६ बजेउप्रान्त चित्रा। योग– विष्कम्भ, २३:३० बजेउप्रान्त प्रीति। करण– गर, १२:०४ बजेदेखि वणिज, २३:२० बजेउप्रान्त भद्रा। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २४ पला। सोम–प्रदोष व्रत। यम–पञ्चक (तिहार) प्रारम्भ। यमदीप–दान। धन–त्रयोदशी। धन्वन्तरीजयन्ती। धनतेरस -धनत्रयोदशी)। कागतिहार। काकबलि।

मेष– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ, आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

मिथुन– आज कुनै पनि नयाँ काम नथाल्नु होला, लेनदेको काम पनि नगरेकै बेश, घरमा पाहुना आगमनको दिन छ, साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

कर्कट– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा धोका होला, सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

सिंह– काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला, आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ ।

कन्या– कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ, पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

तुला– विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ, पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

वृश्चिक– शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला, मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।

धनु– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला, स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।

मकर– प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको योग रहेको छ, काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

कुम्भ– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला, व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।

मीन– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला, खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

19 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 1:20 देखि 02:20 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

19 गते राहु काल बिहान 07:41 देखि 9:03 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

19 गते खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

19 गते कुनै बिशेष यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

19 गतेका लागि सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्