Motivate News

आहा ! कलंकी–कोटेश्वर सडक खण्ड (फोटोफिचर)

काठमाडौँ —  अत्यधिक ट्राफिक जामका कारण कठिन यात्रा गर्नुपर्ने उपत्यका बासीहरुको लागि एउटा खुसीको खबर हो कलंकी-कोटेश्वर सडक खण्ड।  अहिले कलंकी-कोटेश्वर सडकमा यात्रा गर्दा जो कोहीलाई पनि आफु यूरोपमा भएको महसुश  हुन्छ ।  कारण त्यहाँको सडक यूरोपको भन्दा कम छैन अहिले। केहि महिनाअघि  धुल्यामे यात्रा गर्नु पर्ने उक्त सडक अहिले झकी झकाउ भएको छ।

आठ लेनको रिङरोडको कालोपत्रे गर्ने काम अन्तिम चरणमा भइरहेको छ। केही भागमा अन्तिम चरणको कालोपत्रे (ब्लयाक टप) भइसकेको छ। आयोजनाका अनुसार ६ किलोमिटर सडकको ब्ल्याक टप सम्पन्न भइसकेको छ।  चक्रपथ सुधार आयोजना अन्तर्गत चीनको सहयोगमा सडक बिस्तार गरिएको हो। धमाधम अन्तिम चरणको कालोपत्रे भइरहेको सडक हेर्नुस् तस्विरमा।

 

 

प्रतिकृया दिनुहोस्