Motivate News

‘बगी’ कुुकुर – चौकीदारीदेखि भेडीगोठालासम्म

कार्तिक २०, काठमाडौँ  -जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इी भेडा होईनन् ।

तिनलाई हेर्ने गोठाला कुकुर हुन् ।

छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गाठमा एक सय २० वटा भेडा छन् ।

भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् ।

लिउडी गाउँकै चाउरा सेजुवालका ७० भेडा चरन गर्दा बगी नामको कुकुरले रेखदेख गर्छ ।

कुुकुर पुजाको दिन यिनलाई विशेष पुजा पनि हुन्छ ।

आज्ञाकारी मानिएको जन्तुले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा तिर्न हिन्दु धर्ममा यमपञ्चकको दोस्रो दिन तिहारमा टीका र सयपत्री फुलको माला लगाई सकेसम्म मीठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्