Motivate News

पत्रकारमाथि दुर्व्यवहार गर्ने यातायात व्यवस्था विभागका निर्देशकले मागे माफी

कार्तिक २०,  काठमाडौ – सगरमाथा टेलिभिजनकि पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने या तायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले क्रान्तिकारी पत्रकार संगठन समक्षमा माफी मागेका छन् ।

संगठनका उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालकाे नेतृत्वमा गएकाे संगठनकाे टाेलीले निर्देशक शाहलाई रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकाेमा माफी माग्न र अाइन्दा यस्ता व्यवहार नदाेहाेर्याउने प्रतिवद्धता व्यक्त गर्न अडान लिएकाे थियाे । क्रान्तिकारी पत्रकार संगठन, नेपालले मुलुकी ऐन (फाैजदारी र देवानी संहिता) संशाेधनका लागि शुरुदेखि नै अान्दाेलन गरिरहेकाे अवगत गराउँदै संगठनका उपाध्यक्ष जैसीले उक्त व्यवहारप्रति माफी माग्न र अाइन्दा यस्ता घटना नदाेहाेर्याउने प्रतिवद्धता जनाउन दवाव दिईका थिए । निर्देशक शाहले उक्त घटना दुखत भन्दै माफी (सरी) माग्दैअाइन्दा यस्ताे व्यवहार नगर्ने र पत्रकारहरुकाे अान्दोलनमा अाफ्नाे पनि ऐक्यबद्धता रहेकाे बताए । महासचिव भुषालले सार्वजनिक पदमा बसेपछि फाेटाे खिच्न अनुमति माग्नुपर्छ भन्नू र जथाभावी गालीगलाैजमा उत्रनु प्रेस विराेधी हर्कत भन्दै अापत्ति जनाएका थिए ।

बरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, भाैतिक मल्ल, धनन्जय बुढा, केन्द्रीय सदस्यहरु करण बडाल, सुरज प्याकुरेल, शाेभराज बराललगायतका जुझारु पत्रकारकाे टाेलीले निर्देशकलाई मिडियाप्रति राज्यका कर्मचारी जिम्मेवार बन्न र यस्ता हर्कत नदाेहाेर्याउन सचेत गराएका थिए । यसैबिच निर्देशक शाहबाट दुर्ववहार भाेगेका टेलिभिजन पत्रकार शिखा र अजयले अाफुहरुप्रति भएकाे व्यवहारप्रति चासाे दिएर खबरदारी गरेकाेमा धन्यवाद दिएका छन् । केन्द्रीय सदस्य सुरज प्याकुरेलसँग टेलिफाेनमा कुरा गर्दै पत्रकारद्वयले भने, “;हामीमाथि भएकाे प्रेसविराेधी हर्कतका विरुद्ध सशक्त खबरदारी गरेकाेमा टाेली र संगठनलाई धन्यवाद दिन्छाै ।”

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्