Motivate News

यस्तो छ आजको राशिफल

 

कार्तिक २०,  काठमाडौ – पञ्चाङ्ग – वि.सं. २०७५ साल कात्तिक २० गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २२:०८ बजेउप्रान्त औंसी। नक्षत्र– चित्रा, २०:३२ बजेउप्रान्त स्वाती। योग– प्रीति, २१:२१ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, १०:४१ बजेदेखि शकुनि, २२:०८ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कन्या, ८:४६ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २० पला। यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। प्रात: तैलस्नान। स्वन्ति च:ह्रे पूजा।

मेष– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।

वृष– काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ, सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।

मिथुन– सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

कर्कट– शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ, मानसिक तनाव सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।

सिंह– मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ ।

कन्या– अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ, कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला ।

तुला– व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ, उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

वृश्चिक– बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला, व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ, यात्रा घातक बन्न सक्छ ।

धनु– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ, अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ ।

मकर– मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन, आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला ।

कुम्भ– समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ, दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

मीन– सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ, वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ ।

20 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 10:20 देखि 11:20 सम्म छ, यो समय गुरु होराको हो र केहि लाभ बेला, केहि अमृत बेला र केहि अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा, बेला, मुहुर्तहरु सबै शुभ कामका लागि राम्रो मानिन्छन ।

20 गते राहु काल दिउँसो 02:29 देखि 03:51 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

20 गते काजु गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने दिशा शूल, वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ ।

20 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

20 गते का लागि सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम,

प्रतिकृया दिनुहोस्