Motivate News

एसएसपीमा बढुवा भएका प्रहरी स्कुलका प्रमुख डा. गुरुङलाई दर्ज्यानी चिन्ह प्रदान 

कार्तिक २०, काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको कात्तिक १२ गते र नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको कात्तिक ९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई मंगलबार केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक खनालले प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका डा. देउती गुरुङ र नबीन्द अर्याल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति भएका अमृतकुमार गुरुङ र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका ई.कमलेन्द्रलाल कर्णलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले सचेत, इमान्दार, बफादार, पारदर्शी एवम् जवाफदेही भएर काम गर्नुपर्ने बताए  ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरुङले संगठनको हित र श्रीवृद्धिका लागि पूर्ण व्यावसायिक र थप जिम्मेवार भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्