Motivate News

पूर्वी मकवानपुरको मोटर बाटोको स्तर उन्नति नहुदाँ जोखिमपूर्ण यात्रा गर्न बाध्य

२१ कार्तिक,मकवानपुर –  पुर्वी मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत पर्ने फापरबारी, बेतिनी, ललितपुर मोटर बाटोको राम्रो विकास नहुदाँ जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै कयौं यात्रुहरुले गुनासो गरिरहेका छन । यसै गाउँपालिकाको फापरबारी, बेतिनीको देउजर, आँधेरी, टुनिटार, जौबारी, गहते स्वारा, बलौटेबाट ललितपुर बाग्मती गाउँपालिकाको खुर्मी, आस्राङ, प्युटार, बगुवा, छपेली अनि चापागाउँ, सातदोबाटो राजधानी रिङ रोडसंग जोडिएको र मकवानपुर बाग्मती गाउँपालिका अबस्थित नव निर्मित धरान चतरा सडकसंग समेत जोडिएको यस फापरबारी, बेतिनी, ललितपुर मोटर बाटोको राम्रो विकास हुन नसक्दा कयौं सवार यात्रुहरुले यात्राको क्रममा सास्ती खेप्नु परेको भन्दै गुनासो गरिरहेका छन ।

सडक मात्रै नभई दुई बाग्मती गाउँपालिकाको बिचमा रहेको बाग्मती नदिमा पक्की पुल नहुदा दुई पाङ्ग्रे सवारीसाधनहरु झोलुङ्गे पुलबाट सवार गरिरहेको र साना तथा मझौला यातायातहरु भने खोलाबाट नै जोखिमपुर्ण यात्रा गर्न बाध्य भएकाले  यात्रुहरूको लागि यो झनै ठुलो समस्या बनेको छ ।

मकवानपुर बाग्मती गाउँपालिकाको फापरबारीबाट राजधानी सम्म करिब ८० किलोमीटर रहेको हुँदा यस गाउँपालिकाका स्थानीय लगायत यसै आसपासका अन्य धेरै स्थान जस्तै पुर्वका विभिन्न जिल्लाको यात्रुहरुलाई समेत पायक पर्ने हेटौंडा कुलेखानी सडकबाट भन्दा यो सडक हुँदै राजधानी जान निकै छोटो दुरी रहेको हुँदा यो सडकको राम्रो बिकास हुने थियो मकवानपुरको बाग्मति गाउँपालिका ९ र ललितपुरको पनि बाग्मति गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने बाग्मती खोलामा पक्की पुल नभएकै कारणले यात्रुहरु लाई निकै ठुलो समस्या परेको हो यो सडकको मात्र राम्रो बिकास हुन सकेमा धेरै स्थानका यात्रुहरु लाभान्वित हुने छ र यस रुट हुँदै यात्रा गर्ने यात्रुहरुले यत्ति धेरै सास्ती खेप्नु नपर्ने स्थानीय जनक तामाङले बताउनु भएको थियो

प्रतिकृया दिनुहोस्