Motivate News

भोली फाल्गुनन्द जयन्तीका अवसरमा देशका विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा

कार्तिक २४, काठमाडौं – राष्ट्रिय विभुति फाल्गुनन्द जयन्तीका अवसरमा देशका बिभिन्न स्थानीय स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका छन । भोली फाल्गुनन्द जयन्तीको अवसरमा झापाको दपक नगरपालिका ,ताप्लेजुङको फत्तालुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन ।

नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्