Motivate News

जे.टि कप किक्रेटको तयारी अन्तिम चरणमा, विजेताले ६१ हजार १ सय ११ पुरस्कार पाउने

कार्तिक २८, बौनियाँ – चौथो संस्करणको अक्सबृज पव्लिकेसन जे.टि कप किक्रेट प्रतियोगिता २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ ।
मंसिर १ गतेबाट बर्दगोरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारी करीब -करीब अन्तीम चरणमा पुगेको प्रतियोगिता आयोजक विद्यालयका प्रिन्सिपल मनोज कुमार पन्तले बताएका छन् । प्रतियोगितामा जिल्ला भित्रका करिब २० वटा विद्यालयहरुको सहभागिता रहने आफ्नो अनुमान रहेको बिधालयका संस्थापक एवम प्रतियोगिता संयोजक एकेन्द्र मल्लले बताए ।

२०७२ सालमा १० हजार प्रथम पुरस्कार राशि राखेर सुरुवात भएको प्रतियोगिताको चौथो संस्करण को विजेताले ६१ हजार १ सय ११ पुरस्कार पाउदा  उप – विजेताले ३१ हजार १ सय ११ नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि प्रतियोगिता अबधि भर बढि रन प्रहार गर्ने खेलाडि,बढि बिकेट लिने खेलाडि,उदयामान खेलाडि र म्यान अफ द सिरिजले समेत व्यत्तिगत तवरमा नगद पुरस्कार प्राप्त गर्ने आयोजक बिद्यालयले बताएको छ ।

प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्न आयोजक विद्यालयले यसअघि नै विभिन्न उप समिति हरु समेत निर्माण गरि सकेको छ । यस बर्ष प्रतियोगितालाई अक्सबृज पब्लिकेसनले मुख्य प्रायोजन गर्ने र अन्य प्रायोजक हरुको खोजि कार्य जारि रहेको आयोजक विद्यालयले जनाएको छ ।
यसअघिका तीन संस्करण मध्य तीन वटै संस्करणमा फाइनल पुग्दै दुई पल्ट उपाधि उचालेको आर.एम.इ टिकापुर प्रतियोगिता को सबैभन्दा सफल टिम हो भने प्रतियोगिता पहिलो संस्करण को उपाधि आयोजक विद्यालयले नै जितेको थियो ।

जे.टि कप किक्रेट सुरु हुने मिति नजिकिए संगै बर्दगोरिया गाउँपालिका भने पुन खेलमय भएको छ । केही दिन अघि मात्र गाउँपालिकामा सडकपुर बौनिया युवा क्लबको आयोजनामा सरस्वति एग्रो इण्डष्ट्रिज चौथो बर्दगोरिया सेती लोकमार्ग कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।
यो प्रतियोगिता  जिल्ला भित्रको सोही विद्यालयमा अध्यन गर्ने कक्षा १० सम्मका बिद्यार्थीहरुले प्रतिस्पर्धा सबै भन्दा बढि पुरस्कार राशी  भएको प्रतियोगीता समेत हो ।

प्रतिकृया दिनुहोस्