Motivate News

कर्णाली प्रदेशको कामकाज ठप्प, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा जम्मा तिन जना कर्मचारी

काठमाडौँ – कर्मचारी नहुँदा कर्णाली प्रदेशको भौतिक पूवाधार तथा विकास मन्त्रालयको कामकाज प्रभावित भएको छ । संघिय सरकारले पठाएका कर्मचारीहरु कार्यलयमा नआउने र आएका पनि हाजिर गरेर सम्पर्क विहिन हुनेहुँदा कामकाज प्रभावित भएको हो । अहिले कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा एक जना खड्दार, एक जना लेखापाल र एकजना कार्यलय सहयोगीले काम गरिरहेका छन् ।

कर्मचारी नहुँदा विकास निर्माणका कामहरु प्रभावित भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री खड्क बहादुर खत्रीले बताए । पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम सम्बाद चौतारीमा बोल्दै मन्त्री खत्री संघिय सरकारका भौतिक पूवाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयमै कर्मचारी रोकेकाले समस्या भएको बताए । गोर्खा एफएमबाट प्रशारीत कार्यक्रममा मन्त्रीले कर्मचारी रोकेको, समान्य प्रशासन मन्त्रालयले पठाएका कर्मचारी आइनपुगेको, निलम्बनमा परेका र सेवा अवधि समाप्त हुनलागेका कर्मचारी पठाएका कारण मन्त्रालयको कामकाज ठप्प भएको उनको भनाई छ । सामान्य प्रशासन मन्त्रालयले दुई महिना अघि मन्त्रालयका लागि पठाएका ८ जना कर्मचारी पनि हाजिर नभएको मन्त्रीको भनाई छ ।

सरकारले कर्मचारीका लागि कडा कानुन नबनाएसम्म देशको विकास हुन नसक्ने बताउँदै मन्त्री खत्रीले काम गर्ने कर्मचारीलाई प्रोत्साहन र काम ठग्ने कर्मचारीलाई डण्डित गर्नेखालको कानुन आवस्यक भएको जिकिर गरे । उनले भने, ‘दुई तिहाई बहुमत प्राप्त सरकारलाई केले रोकेको छ, संसदबाट कर्मचारीलाई हायर एण्ड फाएर गर्नेखालको कानुन बनाउनु पर्यो नत्र देशमा सुखि नेपाली र समृद्ध नेपालको अभियानमा बाधा पुग्नेछ ।’

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ६ सय भन्दा बढि कर्मचारी आवस्यक रहेको आँकडा निकालेको छ भने संघिय सरकारले ३ सय भन्दा बढिको दरबन्दी दिएको छ ।

प्रतिकृया दिनुहोस्