Motivate News

सरकारले राख्यो विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा

मङ्सिर ४, काठमाडौँ – सरकारले विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ ।

सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

सोही अनुरुप कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । पप्पु कन्स्ट्रक्सनलाई अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको भन्दै टेण्डर प्रक्रियामा सहभागी हुन् नपाउने बताएको हो ।

कार्यालयले कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्