Motivate News

मङ्सिर ८ गते विप्लवको विशाल जनसभालाई भव्यतापूर्वक सफल पार्न यस्तो छ क्रान्तिकारी पत्रकार संगठनको तयारी

मङ्सिर ४, काठमाडौं – क्रान्तिकारी पत्रकार संगठन, नेपालको  केन्द्रीय समितिको बैठक संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले वरिष्ठ पत्रकार एवं साहित्यकार स्व. कृष्ण सेन इच्छुकलगायत परिवर्तनको आन्दोलनमा ज्यानको आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति मुठ्ठी उठाएर श्रद्धाञ्जली व्यक्त गरेको छ  ।

त्यस्तै  पार्टी पुनर्गठनको पाँचौं दिवस पारेर नेपाल कम्युनिस्टपार्टीले यही मङ्सिर ८ गते गर्न लागिरहेको विशाल जनप्रदर्शन र जनसभालाई भव्यतापूर्वक सफल बनाउन प्रचार–प्रसारका लागि प्रभावकारी भूमिका खेल्ने निर्णय गर्नुका साथै  उपाध्यक्ष जन्मदेव जैसीको संयोजकत्वमा १९ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ । समितिमा महासचिव बाबुराम भुषाल, सचिवद्धय बैकुण्ठ गिरी, जीवन हमाल, केन्द्रीय सदस्यहरु कमल बुढा, धनञ्जय बुढा, सुदिप बर्देवा, करन बडाल, दिया चन्द, सुरज प्याकुरेल, शोभराज बराललगायत छन् ।

बैठकले  टेलिभिजन, अनलाईन, पत्र–पत्रिका, रेडियोमा प्रचारलाई अझ व्यवस्थित गर्न संयोजनको जिम्मा पनि तोकिएको छ । अनलाइनमा कमल बुढा, पत्रपत्रिकामा धनञ्जय बुढा, टेलिभिजनमा रुपक कुलाल, प्रचार सामाग्री उत्पादनमा दिया चन्द र सुरज प्याकुरेल रेडियोमा बैकुण्ठ गिरी र सुदिप बर्देवा छन् ।

त्यस्तै बैठकमा  श्रमजिवीका हकहितसँग सम्बन्धित मागहरु पुरा गर्न निरन्तर दवाव दिने र प्रेस विरोधी कानुन संशोधनका लागि जारी आन्दोलन अझ सशक्त पार्ने निर्णय गरेको जानकारी गराउँदै प्रचार प्रसारसहित हरतरहले साथ सहयोगका लागि नेपाल पत्रकार महासंघ, विभिन्न संचार संगठनहरु, सञ्चारगृहका प्रकाशक/सम्पादकहरु, मिडियाकर्मीहरुसँग हार्दिक अपिल समेत गरेको छ  ।

प्रतिकृया दिनुहोस्