Motivate News

ठूलो रकममा सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

मङ्सिर ४, काठमाडौं–  नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन् । आज भएको ड्राफ्टमा सन्दिपलाई लाहोर काल्नदरले चयन गरेको हो । सन्दिप ड्राफ्टको ‘गोल्ड क्याटेगोरी’ मा परेका थिए ।

सन्दिपको न्युनतम पारिश्रमिक ५० हजार अमेरिकी डलर हुनेछ । उनको टिममा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेयर, दक्षिण अफ्रीकाका एबी डिभिलियर्स, पाकिस्तानका मोहम्मद हफिज,

६ टोलीले प्रतिस्पर्धा गर्ने चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी फेब्रुवरी १७ देखि मार्च १७ सम्म हुनेछ । हरेक टोलीले ३ प्लाटिनम, ३ डायमण्ड, ३ गोल्ड, ५ सिल्भर, २ ईमर्जिङ र मार्की गरी टोलीमा २० जनासम्म खेलाडी राख्न पाउनेछन् । एक टोलीले अधिकतम १२ लाख अमेरिकी डलर खर्च गर्न पाउने प्राबधान छ ।

प्रतिकृया दिनुहोस्