Motivate News

यस्तो छ आजको राशिफल

 

मङ्सिर ७, काठमाडौं–

मेष– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ।

वृष– मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।

मिथुन– मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट– मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

सिंह– अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला।

कन्या– हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ।

तुला– बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

वृश्चिक– अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला।

धनु– योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला।

मकर– विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।

कुम्भ– काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला।

मीन– स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ ।

07 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:34 देखि 09:34 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

07 गते राहु काल बिहान 10:30 देखि मध्यान्न 11:49 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

07 गते काचो दुध, सेता बस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

07 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

07 गते लागि सहित जुरेका कामहरु, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन।

 

प्रतिकृया दिनुहोस्