Motivate News

यस्तो छ आज मंसिर १३ गते बिहिबारको राशिफल

 

मङ्सिर १३, काठमाडाैं – पञ्चाङ्ग,वि.सं. २०७५ साल मंसिर १३ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– सप्तमी, २१:५६ बजेउप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, १०:२९ बजेउप्रान्त मघा। योग– ऐन्द्र, १७:१४ बजेउप्रान्त वैधृति। करण– भद्रा, ११:०६ बजेदेखि वव, २१:५६ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कर्कट, १०:२९ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:३६ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १५ पला।

मेष– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

वृष– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।

मिथुन– परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ।

कर्कट– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।

सिंह– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ

कन्या– व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

तुला– अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

वृश्चिक– सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।

धनु– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला ।

मकर– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।

कुम्भ– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

मीन– अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।

बिशेष काम गर्ने राम्रो समय बिहान 11:38 देखि 12:38 सम्म छ, यो समय चन्द्र होराको हो / अन्तिमको केहि समय अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा र अभिजित मुहूर्त शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

राहु काल दिउँसो 1:09 देखि दिउँसो 02:27 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

मुंग, तिल वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्