Motivate News

नेपाली लोकनाटक ‘लिलामे माइलो’ आजदेखि प्रर्दशन हुँदै, माईला भएर जन्मिएकाहरुले नि:शुल्क हेर्न पाउने

मंसिर १४, काठमाडौं – मौलिक र सामाजिक परिवेशमा आधारित नेपाली लोकनाटक ‘लिलामे माइलो’ आजदेखि प्रर्दशन हुँदैछ ।

कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोकनाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटक आज देखी पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुनेछ ।

कुञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट गरेर फर्केको थियो ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले तथा सामाजिक भावले यो किसिमको नाटक तयार पारेको निर्माण पक्ष बताउँछ । नेपाली नाट्य क्षेत्रमा हुन गइरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्ताका दर्शक र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुसन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेछ ।

लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब ती गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत गर्न लागेको बताउनुभयो । चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थपरक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगेको बताए  । उनले नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जाकारी दिए  ।

नाटकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरि रहेको निर्माता राजाराम गौतमले जानकारी दिए । यस नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिनेछ भने नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको काल सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिनेछ । नाटक आज देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाइएको थियो ।

नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरुमा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थि, सलमाना गुरुङ, अलविना न्यौपाने, राजन भुजेल, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम लगायत रहेका छन् ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिनेछ । नाटक  माईला भएर जन्मिएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस्