Motivate News

श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा पराजित

मङ्सिर १६, काठमाडौँ – मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागि भइरहेकी छिन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।

उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा  श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

प्रतिकृया दिनुहोस्