Motivate News

यस्तो छ आजको राशिफल

 

मङ्सिर १९, काठमाडाैं– पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर १९ गते। बुधबार। इश्वी सन् २०१८ डिसेम्बर ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– त्रयोदशी, १२:२१ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– विशाखा, २८:२३ बजेउप्रान्त अनुराधा। योग– अतिगण्ड, २४:०४ बजेउप्रान्त सुकर्मा। करण– वणिज, १२:२१ बजेदेखि भद्रा, २४:११ बजेउप्रान्त शकुनि। आनन्दादिमा धाता योग। चन्द्रराशि– तुला, २२:१७ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ०४ पला। बालाचह्रेपूजा। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु। सर्वार्थसिद्धि योग २८:२३ बजे प्रारम्भ।

मेष– आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ ।

वृष– थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।

मिथुन– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।

कर्कट– भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।

सिंह– स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कन्या– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

तुला– विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ।

वृश्चिक– उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

धनु– व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ ।

मकर– प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ ।

कुम्भ– आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।

मीन– प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

19 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 02:43 देखि 03:43 सम्म छ यो समय चन्द्र होराको हो ।

19 गते राहु काल मध्यान्न 11:53 देखि दिउँसो 1:11 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

19 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

19 गते रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

19 गतेका लागि सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्