Motivate News

आर्थिक पत्रकार संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । शुक्रबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महाधिवेशनले सीताराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति रुपमा चयन गरेको छ ।

१९ सदस्यीय कार्यसमितिमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले उपाध्यक्षमा निर्वाचित भएका छन् भने नारायणप्रसाद पौडेल, महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सचिवमा चन्दा कार्की तथा सहसचिवमा विजय दमासे र कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

यसैगरी अन्य सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे रहेका छन् । मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल पनि निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्