Motivate News

यस्तो छ आजको राशिफल

 

मंसिर २३, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर २३ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वितीया, १४:३३ बजेउप्रान्त तृतीया। नक्षत्र– मूल, ७:५९ बजेउप्रान्त पूर्वाषाढा। योग– गण्ड, २१:३८ बजेउप्रान्त वृद्धि। करण– कौलव, १४:३३ बजेदेखि तैतिल, २७:२२ बजेउप्रान्त गर। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५८ पला।

मेष– सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् ।

वृष– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला ।

मिथुन– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।

कर्कट– प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।

सिंह– चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ ।

कन्या– रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

तुला– आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ ।

वृश्चिक– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।

धनु– श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मकर– मेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला ।

मीन– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

23 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:46 देखि 10:46 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

23 गते राहु काल बेलुका 3:47 देखि 05:04 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

23 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

23 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

23 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्