Motivate News

दुर्गा र विनोदको एकल शब्द संगीतमा ‘ओन्ली फर यु’ (भिडियोसहित)

काठमाडौँ –   दुर्गा प्रधानको एकल शब्द र  बिनोद पछाइको एकल संगीतमा सजिएको ‘ओन्लि फर यु’ एल्बममा  बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो।

एल्बममा ५ ओटा गीत समावेश गरिको छ, जसमा दुर्गा प्रधानको एकल शब्द र  बिनोद पछाइको एकल संगीतमा सजिएको गीतमा बिभिन्न चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन् भने  गीतको एरेन्ज  रिदम कडेलले गरेका छन् ।

कार्यक्रममा चर्चित गायक शिव परियारले  स्वर रहेको र आकास श्रेष्ठ र सारा सिर्पालीद्वारा अभिनित  म्युजिक भिडियो ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक गरिएको थियो  ।

स्याड भर्सनको सार्वजनिक गीतलाइ निर्देशन भने निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब दाहालले खिचिएको भिडीयोलाइ सम्पादन बिकास दाहालको रहेको छ  ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्