Motivate News

दुई सातामै फिल्म २.० को व्यापार ६ अर्ब ३० करोड

काठमाडौं –  ‘२.०’ ले दोस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ । पहिलो साता ३०७ करोड भारुको व्यापार गरेको फिल्मले अहिलेसम्म फिल्मले भारतमा मात्रै ३६५ करोड व्यापार गरिसकेको छ । फिल्मले भारतभन्दा बाहिर पनि उस्तै कमाइ गरिरहेको अनलाइन मिडियाले उल्लेख गरेका छन् ।

झन्डै साढे ५ सय करोड भारुमा बनेको फिल्मले कुल ६३० करोडको व्यापार गरिसकेको ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । उनले यो फिल्मले हिन्दी भाषामा मात्रै १६६ करोडको व्यापार गरेको बताएका छन् । २९ नोभेम्बरमा रिलिज भएको फिल्म यस वर्ष बनेका बलिउड फिल्ममध्ये सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

यसअघि सञ्जयलीला भन्सालीको ‘पद्मावत्’ सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । ‘पद्मावत्’ ले संसारभरबाट ५८५ करोड भारु व्यापार गरेको बताइन्छ । २.० मा मा रजनीकान्त, अक्षयकुमार, यमी ज्याक्सनलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्