Motivate News

आजको राशिफल

मङ्सिर २८, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर २८ गते। शुक्रबार। इश्वी सन् २०१८ डिसेम्बर १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– सप्तमी, २४:३३ बजेउप्रान्त अष्टमी। नक्षत्र– शतभिषा, २०:०९ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– वज्र, २३:४२ बजेउप्रान्त सिद्धि। करण– गर, ११:३६ बजेदेखि वणिज, २४:३३ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५३ पला। पञ्चक।

मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ।

वृष– व्यापार(व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।

मिथुन– शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट– ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।

सिंह– पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ ।

कन्या– आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।

तुला– विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नुहोला।

वृश्चिक– मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्नेछन्।

धनु– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मकर– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ।

कुम्भ– अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ।

मीन– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ।

28 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:49 देखि 09:49 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

28 गते राहु काल बिहान 10:40 देखि मध्यान्न 11:57 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

28 गते काचो दुध, सेता बस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

28 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

28 गते लागि सहित जुरेका कामहरु, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्